पीएम कप : एपीएफलाई पाँच लाख र पुलिसलाई तीन लाख रुपैयाँ

पाेखरा न्यूज । विभागीय टोली नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै एपीएफ क्लबले प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानामा बुधबार टस हारेर पहिला ब्याटिङ गरेको एपीएफले दिएको १५८ रनको विजय लक्ष्य पछ्याउने क्रममा पुलिस निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३६ रनमा समेटिएको थियो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

दिपेन्द्रसिंह ऐरीको उत्कृष्ट अलराउन्ड प्रदर्शन गरे पनि पुलिसले फाइनलसम्म आफ्नो अपराजित यात्रा कायम राख्न सकेन ।  पुलिसका लागि दीपेन्द्रले सर्वाधिक ६५ रन बनाउनु भयाे ।  यस्तै दिलीप नाथले २३ बनाउँदा अनिल शाह १० रन र आरिफ शेख १२ बनाउनु भएकाे थियाे।

एपीएफका किशोर महत्तोले सर्वाधिक तीन विकेट लिनुभयाे। उस्तै अविनास बोहरा, अमर रौटेला र दिपक बोहाराले समान १ विकेट लिनुभएकाे थियाे ।

यसअघि एपीएफले निर्धारित २० ओभरमा एक बल बाँकी रहदा सबै विकेट विकेट गुमाएर १५८ रनको योगफल तयार पार्‍याे ।

एपीएपका लागि अमर सिंह राउटेलाले सर्वाधिक २९ रनको योगदान गर्नुभयाे । यस्तै लोकेश बमले २७ रन बनाउँदा सन्दीप जोराले २४, भुवन कार्कीले २७ रनको योगदान गर्नुभयाे ।

पुलिसको वलिङमा दिपेन्द्र सिंह ऐरी र सागर ढकालले सर्वाधिक ३ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गर्नुभयाे । यस्तै, गुलसन झाले दुई विकेट लिनुभयाे भने, योगेन्द्र सिंह कार्की र आरिफ शेखले एक एक  विकेट लिनुभयाे ।

दुवै टोलीले यसअघिका सबै खेलमा अपराजित रँहदै फाइनल यात्रा तय गरेका थिए । १६ पुसदेखि सुरु भएको प्रतियोगितामा समुह‘ए’ र ‘बी’मा तीन विभागीय र सात प्रदेश गरेर १० टोलीको सहभागिता थियो ।

प्रतियोगिताको विजेता टोली एपीएफले पाँच लाख र उपविजेता पुलिसले तीन लाख प्राप्त गर्याे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button