पूर्वयुवराज्ञी हिमानी अमेरिकामा, हिमानी ट्रष्टको शाखा उद्घाटन गर्ने

पाेखरा न्यूज । पूर्वयुवराज्ञी हिमानी शाह अमेरिकामा पुग्नुभएकाे छ । हिमानी ट्रष्टमार्फत समाजसेवामा सक्रिय रहँदै आउनु भएकी उहाँ ट्रष्टकी अध्यक्ष पनि हुनुहुन्छ ।

अमेरिकामा ट्रष्टको शाखा खोल्ने भएपछि उहाँ वासिङटन डिसी पुग्नुभएकाे हाे ।  हिमानी ट्रष्ट अमेरिकाको बिहीबार उद्घाटन हुँदै छ । पूर्वयुवराज्ञी हिमानी सोही शाखा उद्घाटन गर्न अमेरिका पुग्नुभएकाे बताइएकाे छ ।

हिमानीले पछिल्लो दशक हिमानी ट्रष्टमार्फत शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा काम गर्दै आउनु भएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button