कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा सपरिवार कोरोना संक्रमित

पाेखरा न्यूज ।  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा कोरोना संक्रमित हुनुभएकाे छ। आठ महिनापछि फेरि सपरिवार संक्रमित भएको शर्माले जानकारी दिनुभएकाे छ ।

सार्वजनिक कार्यक्रममा सतर्कता नगरेकै कारण आफू संक्रमित भएको भन्दै उहाँले आत्मालोचना गर्नुभएकाे छ । कोरोना लक्षणले ग्रस्तपछि नख्खुस्थित मेडिसिटी अस्पतालमा पीसीआर परीक्षण गर्दा परिवारका सबैको पोजेटिभ रिपोर्ट आएको शर्माले बताउनु भयाे ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

उहाँले एक सातासम्म आइसोलेसनमा रहने र त्यसपछि पुनः काममा फर्कने बताउनु भएकाे छ । चिकित्सक परामर्शमा औषधि लिइरहेको उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button