पशुपतिनाथ मन्दिरमा भक्तजनलाई रोक लगाइएकोमा विरोध 

पाेखरा न्यूज । कोरोना भाइरसको संक्रमण देखाएर पशुपतिनाथमा भक्तजनलाई रोक लगाइएको भन्दै विरोध भएको छ । सरकारले बुधबारदेखि पशुपतिनाथ मन्दिरमा नित्यपूजाबाहेकका सम्पूर्ण क्रियाकलाप बन्द गरेकोमा सरोकारवालाले विरोध जनाएका हुन् ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानले नेपालमा हिन्दुहरुलाई मात्र रोक लगाउन थालिएको टिप्पणी गर्नुभयाे । ‘क्रिस्चियनका चर्च र इस्लाम धर्मका मस्जिद पनि छ । तर, हिन्दु धर्मालम्बी जाने मन्दिरमा मात्र किन रोक ?’ बुधबार काठमाडौंमा आयोजित साक्षात्कारमा उहाँले प्रश्न गर्नुभयाे ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

न्यौपानेले सरकारले लागू गरेका नियमअनुसार हिन्दू धर्मका कुनै पनि मन्दिरमा प्रवेश गर्न नपाइने भनिएकोमा आपत्ती जनाउनु भयाे । चर्चमा २५ जना मात्रले प्रार्थना नगर्ने भन्दै हजारौको संख्यामा प्रार्थना गर्ने उल्लेख गर्नुभयाे । हिन्दू धर्म र मन्दिरमा मात्र कोरोना लाग्ने सुन्दा बढो अनौठो लागेको उहाँको भनाइ थियो

बुद्धिजीवी प्रकाश रायमाझीले राज्यले कोभिडको नाममा ब्रह्मलुट मच्चाइरहेको बताउनु भयाे । राज्यले पशुपतिनाथ मन्दिरमा नित्यपूजाबाहेकका क्रियाकलाप बन्द गरेर कोभिडको नाममा आतंक मच्चाइरहेको उहाँले टिप्पणी गर्नुभयाे । कोभिडलाई राजनीतिक दलहरुले राजनीति गर्ने हतियार बनाएको उहाँको आरोप थियो ।

‘सत्तामा बस्नेहरु हिन्दुका सबै मठ मन्दिरहरु बन्द गरिन्छ, पशुपतिमा नित्यपूजाबाहेक सबै बन्द गरिन्छ अनि कोभिड भाग्छ । अनि तिनीहरुका सभा र सम्मेलन गर्न परेमा बीसौ हजार मानिस जम्मा हुन्छन् अनि कोभिड भाग्छ । आफ्नो महाधिवेशनमा कोभिडको सूचना आए पनि फिर्ता लिइन्छ,’ उहाँले भन्नुभयाे, ‘हिन्दुधर्मका पूजाआजा, स्वस्थानीका व्रत आउँछन्, तब ती महिनामा मात्र कोभिड आउँदो रहेछ । यो विचित्रको कोभिड रहेछ जसले हिन्दु धर्मलाई मात्र असर गर्छ ।’

विश्वभक्त बाबाले धार्मिक संस्थाहरुले नै धर्म र राष्ट्र भनेको नबुझेको बताउनु भयाे । उहाँले राष्ट्र भनेकै धर्म भएको भन्दै नेताहरुले नबुझेको टिप्पणी गर्नुभयाे । राष्ट्रको सबैभन्दा ठूलो शक्ति भएको धर्म हो भन्दै उहाँले कोभिडको बहानामा मठमन्दिर र देवता नै बन्द गराएर दुनियाँ हँसाएकोसमेत आरोप लगाउनु भयाे । भक्तहरुलाई पशु्पति नाथ गएर पूजा गर्न मिल्दैन भनेर भन्नेहरुले सबै भक्तहरुको स्वास्थ्यको जिम्मा लिनुपर्नेमा उहाँ जोड दिनुभयाे । पशुपतिनाथ मन्दिरमा २४ सै घन्टा नित्यपूजा गर्नुपर्ने बताउँदै उहाँले मन्दिर दशनार्थीहरुको लागि खुल्ला गरिनुपर्ने बताउनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button