
पाेखरा न्यूज । लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय, कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले कास्कीकाे पोखरा महागनरपालिका वडा नं.१० अमरसिंह बस्ने २९ वर्षीय कृष्ण बहादुर हमाललाई अवैध लागू औषधसहित मंगलबार पक्राउ गरेकाे छ ।
उनलाई लागू औषध डाईजापाम-६४ एम्पुल, फेनारगन-६२ एम्पुल र नुर्फिन-६२ एम्पुल गरी जम्मा १८८ एम्पुल लागू औषध र मोबाईल थान १ सहित नियन्त्रणमा लिइएकाे हाे ।
लागू औषध सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएकाे प्रहरीले बताएकाे छ ।





