पोखरा न्यूज । पोखराको फेवातालमा एक विदेशी पर्यटक मृत फेला परेका छन् ।
बिहीबार दिउसो बेलायती नागरिक मृत अवस्थामा फेला परेको कास्की प्रहरीले जनाएको छ ।
पोखरा २२ अँधेरीखोला नजिकै पूर्वी फेवातालमा पासपोर्टमा मार्क सुट नाम उल्लेख भएका ४६ वर्षीय पुरूष तैरिरहेको अवस्थामा फेला परेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिनुभयो ।
मृतकको साथमा भेटिएको पासपोर्टमा उनी २०१९ मा नेपाल आएको थाहा भएको छ । शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।
घटनाको बारेमा अनुसन्धान भइरहेको र पोष्टमार्टम रिपोर्टपछि थप कुरा खुल्ने प्रहरीले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution