२० लाख खर्चेर आफन्तकाे सालिक निर्माण

तेह्रथुम । साँगुडीगढी गाउँपालिका-५ डाँडाबजार तुङ्खा घर भइ हाल बेलायतमा बस्दै आउनु भएका नवीनकुमारी इमेहाङ चबेगु र हरिबहादुर चबेगुले छथर गाउँपालिका-४ फाक्चामारा हाक्पारामा आफन्तको सालिक निर्माण गर्नुभएकाे छ ।

नवीनकुमारीको बुबा स्वर्गीय चहकमान इमेहाङ र आमा स्वर्गीय हर्करोती सम्बाहाम्फे इमेहाङको स्मृतिमा २० लाख रुपैयाँ लगानीमा सालिक तथा पाटी निर्माण गरेकाे व्यवस्थापक मानबहादुर इमेहाङले बताउनु भयाे । नवीनकुमारीको बुबा-आमा तथा हरिबहादुरको सासु-ससुराको स्मृतिमा सालिक निर्माण गरी अनावरण गर्नुभएकाे हाे ।

सोही अवसरमा दुई वटा विद्यालयमा स्व. चहकमान हर्करोति छात्रवृत्ती अक्षयकोष स्थापना गरिएको छ । छथर गाउँपलिका-४ फक्चामारा हक्पारामा रहेको जलकन्या आधारभुत विद्यालय र सिद्धगणेश माध्यमिक विद्यालयमा एक लाख ५० हजारको दरले अक्षयकोष स्थापना गरिएको हो । अक्षयकोषको ब्याजबाट वार्षिक बसन्त पञ्चमीको दिन आर्थिक रुपमा कम्जोर असहाय तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिने छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button