सत्यमोहन जोशीको स्वास्थ्य सुधारोन्मुख

पिसिआर रिपोर्ट आउन बाँकी

काठमाडाैं । अस्पताल भर्ना भएका वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।

श्वासप्रश्वाससँगै फोक्सोमा समस्या भएपछि साेमबार राति किस्ट मेडिकल कलेज भर्ना हुनुभएका जोशीको स्वास्थ्य अवस्था सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकले बताएको पत्रकार गिरीश गिरिले जानकारी दिनुभएकाे छ ।

जोशीको कोभिड-१९ परीक्षण पनि गरिएको छ । तर पिसिआर रिपोर्ट आउन बाँकी छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button