पोखरा महानगरपालिकाका कानुनी सल्लाहकार अर्याल पक्राउ

पोखरा न्यूज । पोखरा महानगरपालिकाको कानुनी सल्लाहकारका रूपमा कार्यरत अधिवक्ता कमल प्रसाद अर्याल पक्राउ परेका छन् ।

कास्की प्रहरीका अनुसार ठगी आरोपमा परेको उजुरीका आधारमा अर्याल मंगलबार पक्राउ परेका हुन् ।

कास्कीको अन्नपूर्ण गाउँपालिकामा घटेको भैँसी चोरी सम्बन्धी घटनाको मुद्दा मिलाइदिने भन्दै अर्यालले रकम लिएको आरोप लागेको छ ।

घटनापछि  मेयर मानबहादुर जिसीले अर्याललाई कानुनी सल्लाहकारबाट पदमुक्त गरेको जानकारी गराउनुभएको छ । मंगलबार राति सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस पोस्ट गर्दै मेयर जिसीले अर्याललाई पदमुक्त गरिएको घोषणा गर्नुभएको छ  ।

‘महानगरको कानुनी सल्लाहकार अधिवक्ता कमल प्रसाद अर्यालको बारेमा आएका समाचारहरू प्रति ध्यानाकर्षण भएको छ । घटनाको सत्य तथ्य छानबिनको लागि प्रशासन समक्ष अनुरोध गर्दै घटनाको छानबिनमा असहज परिस्थिति सृजना नहोस् भन्नको लागि निज अर्याललाई कानुनी सल्लाहकारको जिम्मेवारीबाट पदमुक्त गरिएको ब्यहोरा जानकारी गराउँदछु’, मेयर जिसीले स्ट्याटसमा भन्नुभएको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button