२० वर्षपछि पक्राउ परे ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी

स्याङ्जा । ज्यान मार्ने उद्योग तथा चोरी मुद्दाका फरार प्रतिवादी आँधिखोला गाउँपालिका–५ बस्ने ५० वर्षीय शंकर सुवेदीलाई घटनाको २० वर्षपछि बुधबार प्रहरीले पक्राउ गरेको छ ।

शंकरले आँधिखोला गाउँपालिका–५ बस्ने बल बहादुर बोगटीलाई २०५३ वैशाख २ गते बियरको बोतलले टाउकोमा प्रहार गरी घाइते बनाई पैसा चोरी गरेका थिए ।

घटनाको सम्बन्धमा ज्यान मार्ने उद्योग मुद्दामा पुनरावेदन अदालत पोखराले २०५८ वैशाख २ गते उनलाई ५ वर्ष कैद सजाय फैसला सुनाएको थियो । त्यसपछि उनी फरार रहेका थिए ।

उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उनकै गाउँबाट फेला पारी पक्राउ गरेको हो ।

उनलाई अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार स्याङ्जा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button