आफ्नो छोटो बिदा मनाउन उहाँ साईवेरियामा रुमल्लिनु भएकाे थियाे । त्यसअघि उहाँ प्राइमोरी र अमुर क्षेत्रको भ्रमण गर्नुभएकाे थियाे । उहाँलाई रक्षामन्त्री सर्जी सोइजुले साथ दिनु भएकाे थियाे।
सार्बजनिक भएका तस्विरमा पुटिन एउटा नदिबाट माछा समाएको र हरियो मैदानमा हिडडुल गरेको देखिन्छन् ।
‘एक्सन–म्यान’ ले समेत चिनिनुहुने पुटिन भालुको शिकार गरेको र माछा समाएका तस्बिरहरु विश्वका विभिन्न सञ्चार माध्यममा छापिएका थिए ।
साइवेरियाको जंगलमा नयाँ गेट अपमा प्रकट हुनुभएका पुटिनसँग धेरै मानिस झुक्किएका थिए । ‘के उनी रसियाकै राष्ट्रपति पुटिन हुन त’ उहाँका तस्विर सार्वजनिक भएपछि केही रसियालीले टिप्पणी गरेका थिए ।
उहाँ दक्षिणी साइबेरियाको सयानो शुशेस्की नेचर रिर्जभमा घुमेको अनुमान गरिएको छ ।
भिडियो फुटेजमा पुटिनले भालुको गुफातर्फ औंला तेर्साएको देखिन्छन् । त्यस्तै, पुटिनले आरक्षण क्षेत्रमा सवारी गुडाएको र साइवेरियाको नदीमा डुंगा खेलेको, माछा समातेको र पहडामा हिडेको देखिन्छ ।
आरक्षमा गाडी चलाउन पुटिन झन्डै हरिणसँग ठोकिनु भएकाे थियाे । ‘त्यति ठूलो हरिण मैले अहिलेसम्म देखेको थिइन,’ एउटा भिडियोमा उहाँले भन्नुभएकाे छ ‘उनीहरू यस्तो तीब्र गतिमा गुडेको पहिलो पटक प्रत्यक्ष देखे ।’ भिडियो फुटेजमा पुटिनको टेन्टसमेत देख्न सकिन्छ ।
तर, धेरै रसियालीका लागि चलाख र हरेक क्षेत्रमा निपूर्ण पुटिनका यस्ता साहसिक कार्य नौला होइनन् । यसअघि उहाँ नांगो छाती प्रदर्शन गर्दै चस्मामा सजिएर एक हातमा राइफल झुन्डाएर घोडाचढी गरेको दृश्यले संसारको ध्यान तानेको थियो । त्यस्तै, उहाँले लडाकु जेट उडाएका तस्बिरले धेरै व्यक्ति उहाँको वास्तविक हुलियासँग झुक्किएका थिए ।
उहाँका साहसिक कार्यले पुटिन राजनीतिमा मात्र होइन साहसिक कार्यमा पनि पोख्त हुनुहुन्छ भन्ने देखाउँछ ।
सेप्टेम्वरको मध्यतिर ६८ वर्षीय पुटिनले भौतिक भेटबाट अलग रहनु भएकाे थियाे । क्रेमलिनमा कोभिड महामारी फैलिएपछि उहाँ एकान्तवासमा हुनुहुन्थ्याे । त्यतिवेला पुटिनका सहयोगीमा कोभिड पोजेटिभ देखिएको थियो ।
सो समयमा मस्कोले नेतृत्व गरेको सुरक्षा गठबन्धनको एउटा वैठकलाई उहाँले भर्चुअल सम्बोधन गर्नुभएकाे थियाे । पुटिनले रसियामा निर्मित स्पुतनिक भी खोप लगाउनु भएकाे छ ।