स्याङजाको फेदीखोलाका विद्यार्थीहरूलाई जापानी संस्थाबाट झोला प्रदान

पोखरा न्यूज  । स्याङजाको फेदिखोला गाउँपालिका -२, फेदीखोलाका विद्यार्थीहरूलाई स्कुल झोला वितरण गरिएको छ ।

फेदीखोला स्थित महेन्द्र जनसहयोग आधारभूत विद्यालयमा जापानी संस्था पिक एड केन नोगुचीज फाउण्डेसन जापानको आयोजनामा १५० विद्यार्थीहरूलाई स्कुल झोला वितरण गरिएको हो  ।

फेदीखोला २ मा रहेका महेन्द्र जनसहयोग आधारभूत विद्यालयसहित काला भैरव मावि, खहरे आवि , सिद्धार्थ मावि र फेदीखोला १ मा रहेको सिवालय आविका विद्यार्थीहरूलाई झोला वितरण गरिएको हो ।

कार्यक्रममा  प्रमुख अतिथि फेदीखोला गाउँपालिका उपाध्यक्ष देवी थापाले  विद्यालयलाई सहयोग गर्ने संस्था तथा पहलकर्ता उपकार थापा प्रति कृतज्ञता व्यक्त गर्दै पालिकाका विद्यालयहरुमा गुणस्तर सुधार हुँदै गएको बताउनुभयो  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button