पोखरामा २२५ एम्पुल लागूऔषधसहित युवक पक्राउ

पोखरा न्यूज । पोखरामा लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका -१० रक्षा मार्गबाट म्याग्दीको रघुगंगा गाउँपालिका-७ चिमखोलाका २१ वर्षीय सन्दीप पुन २२५ एम्पुल लागूऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

पुनलाई डाइजापाम -७५ एम्पुल, फेनेरागन -७५ एम्पुल र नुर्फिन- ७५ एम्पुलसहित लागूऔषध नियन्त्रण ब्युरो शाखा पोखराले रक्षा मार्गबाट पक्राउ गरेको हो ।

उनीमाथि लागूऔषध सम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button