प्यारासुटबाट हाम फालेर आक्रमण गर्दै रुसी सेना

किभ । रुसी सेना युक्रेनी सहर खारकिभ र किभतर्फ बढिरहेका छन् । प्यारासुटबाट झरेर रुसी सेनाले दोस्रो ठूलो सहरको आक्रमण तीव्र पारेको छ । रुसी सेनाले गरेको बम हमलामा दर्जनौं सर्वसाधारण मारिएका छन् । दक्षिणको सानो सहर खेरसन पनि रुसी फौजको हातमा परेको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी हवाई क्षेत्रमा उडानमा रोक लगाउनु भएको छ । राष्ट्रपति बाइडेनले भन्नुभएकाे छ, ‘पुटिनले ट्यांकमार्फत किभलाई घेरा हाल्न सक्छन् तर, उनले युक्रेनी जनताको मुटु र आत्म कहिल्यै प्राप्त गर्ने छैनन् । ’

बोइङ र एक्सनमोविलले रुससँगको सम्बन्ध तोडेका छन् । रुससँग सम्बन्ध तोड्ने यी दुई पछिल्ला कम्पनी हुन् । रुसी हमलामा ६ लाखभन्दा बढी मानिसहरुले युक्रेन छोडेर गएको राष्ट्रसंघले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button