यस्तो छ कोरियन गायिका बाइ सुजीको डाइट प्लान

काठमाडौं । जाडोको बिदाईसँगै गर्मीको मौसम सुरु भइसकेको छ । गर्मीको सुरुवातसँगै फिटनेसको रुटिनलाई पछ्याउनेको संख्या पनि बढिरहेको छ । हामी सबैका लागि अभ्यास र डाइट अत्यावश्यक छ ।

कोरियाका अभिनेत्रीहरु हालका दिनमा ओटीटी प्लेटफर्म र सामाजिक सञ्जालमा निकै छाइरहेका छन् । कोरियन शोहरुको माग बढ्दो छ । कोरियन महिला सेलिब्रेटीहरु सुन्दरता र फिटनेसमा उत्तिकै ध्यान दिन्छन् । यहाँ केही लोकप्रिय कोरियन गायिकाहरुको डाइटको बारेमा प्रस्तुत गरिएको छ ।

फिल्म ‘आर्किटेक्चर १०१’ की अभिनेत्री तथा गायिका बाइ सु—जी उर्फ बाइ सुजीलाई आफ्नो सुन्दरताका लागि ‘नेसन्स फस्र्ट लभ’को उपाधि दिइएको छ । यो उपाधि उहाँले आफ्नो वजन घटाएवापत पाउनु भएकाे हाे । उहाँ नास्तामा एक गुलियो आलु, चिकन ब्रेस्ट र कम फ्याटवाला दुध खान्नुहुन्छ । खानामा ब्राउन चामल र सलाद खान्छिन् र डिनरमा दुई गुलियो आलु खान्नुहुन्छ ।

ली जी—उन उर्फ आइयू कोरियाकी अर्की चर्चित गायिका हुनुहुन्छ। जब आइयू पहिलोपटक टेलिभिजनमा देखिनु भएकाे थियाे, उहाँको शरीर निकै मोटो थियो । उहाँले आफ्नो करियरको सुरुवात १५ वर्षको उमेरमा गर्नुभएकाे थियाे । मोटो शरीरलाई घटाउनका लागि उहाँले स्ट्रिक्ट डाइट फलो गर्नुभयाे ।

आइयूको डाइटको कुरा गर्दा उहाँ नास्तामा एक स्याउ खानुहुन्छ । लञ्चमा एक गुलियो आलु र डिनरमा एक कप प्रोटीन शेक खानुहुन्छ । उहाँ यति खानेकुरा खाएर दिनभर काम गर्न सक्नुहुन्छ ।

डाभिची पप डुओकी गायिका काङ मिन—क्युङ पनि फिटनेसका लागि लोकप्रिय हुनुहुन्छ । उहाँलाई पेस्ट्रीज निकै मनपर्छ । यहीकारण आफ्नो करियरको सुरुवातमा उहाँ निकै मोटी हुनुहुन्छ । आफूलाई पहिलोपटक टेलिभिजनमा देख्दा आफैं चकित भएपछि उहाँले डाइट सुरु गर्ने निर्णय लिनुभयाे ।

उहाँको डाइट निकै साधारण छ । उहाँ नास्तामा एक गुलियो आलु, एक कप कम फ्याटवाला दुध र चिकन ब्रेस्ट सलाद लिनुहुन्छ । लञ्चमा एक स्याउ र दुई गुलियो आलु खानुहुन्छ तथा डिनरमा एक कप लो फ्याट मिल्क, तीन चेरी, टमाटर र एक गुलियो आलु खानुहुन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button