युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकी सिनेटलाई सम्बोधन गर्ने 

किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आज अमेरिकी सिनेटलाई  सम्बोधन गर्ने हुनुभएकाे छ । जेलेन्स्कीले जुममार्फत अमेरिकी सिनेटरहरुसँग रुसी संकटबारे छलफल गर्ने हुनुभएकाे छ ।

युक्रेनमा युद्ध चर्किरहेका बेला केही अमेरिकी सांसदहरुले राष्ट्रपति जो बाइडेनलाई रुसविरुद्ध कडा कदम चाल्न अनुरोध गर्दै आएका छन् । रुसी तेलको आयातमा प्रतिबन्ध लगाउन उनीहरुले राष्ट्रपतिसँग अनुरोध गर्दै आएका थिए ।

रुसी तेल आयातमा प्रतिबन्ध लगाउने सम्भावित अमेरिकी कदमले तेलको मूल्य अझ बढी बढ्न सक्ने र मुद्रास्फीतिले थिचिएका अमेरिकी उपभोक्ताहरूलाई अझै असर गर्ने ह्वाइट हाउसको विश्लेषण छ ।

यसैबीच, रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमले रुसी राष्ट्रपतिको हत्या गर्न रुसभित्रकै कसैलाई आह्वान गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button