आइतबारसम्म युक्रेन छाड्ने मानिसको संख्या १५ लाख पुग्ने अनुमान

किभ । रुसी सेनाले युक्रेनमा हमला गरेको ११औं दिन आज पनि युक्रेनका विभिन्न सहरहरूमा तीव्र हमला भएका छन् ।  युक्रेनमा रुसी हमलाका कारण दिनहुँ विस्थापित हुनेको संख्या बढ्दो छ । रुसी हमलाका कारण आइतबारसम्म युक्रेन छाड्ने मानिसहरूको संख्या १५ लाख पुग्ने अनुमान गरिएको छ ।

किभले रुसमाथि थप प्रतिबन्ध लगाउन र आफूहरूलाई हतियार उपलब्ध गराउन पश्चिमा देशहरूलाई दबाब दिएको छ ।
रुसी फौजले घेरा हालेका दुई दक्षिणी सहरहरू मारिओपोल र भोलनोभाखामा युद्धविराम उल्लंघन भएको छ । युद्धविराम उल्लंघन भएसँगै मस्को र किभले एक अर्कामाथि आरोप-प्रत्यारोप गरेका छन् ।

शनिबार राति एउटा टेलिभिजन सम्बोधनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाले कब्जा गरेको क्षेत्रका स्थानीयलाई रुसी सेनाको प्रतिकार गर्न र लड्न आह्वान गर्नुभएकाे छ । ।

देशको पुर्ननिर्माण गर्ने वाचा गर्दै उहाँले भन्नुभयाे, ‘हामी बाहिर जानुपर्छ र हाम्रो सहरहरूबाट यो खराबलाई हटाउनै पर्छ ।’ यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूले निशस्त्र र तटस्थ युक्रेन चाहेको बताउनु भएकाे थियाे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button