पोखराबाट स्याङजा जाँदै गरेको जीप दुर्घटना, ६ जना घाइते

काठमाडौं । पोखराबाट स्याङजातर्फ जाँदै गरेको जीप तनहुँमा दुर्घटना भएको छ ।

दुर्घटनामा परी ६ जना घाइते भएका छन् ।

बुधबार साँझ शुक्लागण्डकी नगरपालिका-७ स्थित स्याउलीबजारमा ग१ज ६५४४ नम्बरको जीप दुर्घटनामा परेको हो ।

प्रहरीले अनियन्त्रित भएर जीप दुर्घटना भएको जनाएको छ ।

घाइतेमध्ये व्यास नगरपालिकाका पदम थापा, स्याङजा​को चापाकोटकी इन्द्र कुमारी राना, दान बहादुर राना, शेषबहादुर राना र क्याम बहादुर रानाको उपचार भइरहेको प्रहरीको भनाइ छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button