
काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले गोरु ब्याउँदैन भन्थे तर सर्वाेच्च अदालतमा गोरु ब्याएकाे बताउनु भएकाे छ ।
पोखरामा शुक्रबार प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले भन्नुभयाे, ‘एकजना न्यायाधीशको अभिव्यक्ति हुन्छ, एउटा इमेल आउँछ । अमेरिकाबाटै इमेल आउँछ । केपी ओलीको सरकार ढाल्नु नै थियो । नढाली भएको थिएन, किन ? न्यायाधीशको के बिगारदिएको थियो त्यो सरकारले ? वर्गीय पूर्वाग्रह, दुराग्रह र विकास विरोधीको एउटा षड्यन्त्रको हिस्सेदार भएर सरकार ढाल्ने काम भएको थियो ।’
संविधान बाहिर गएर आफू नेतृत्वको सरकार ढालेको आरोप लगाउँदै उहाँले अदालतले सरकार बनाउने बताउनु भयाे । ‘
संविधान बाहिर गएर सरकार ढालियो,’ उहाँले भन्नुभयाे, ‘ संविधान बाहिर गएर जननिर्वाचित प्रगतिशील सरकारलाई ढालेका छौँ । संसदले सरकार बनाउने र भत्काउने गर्छ । संसद र जनप्रतिनिधिको काम हो । अदालतको होइन । तर, नेपालमा, एकपल्ट एकजनाले भनेका थिए, गोरु ब्याउँदैन भन्थे, सर्वाेच्च अदालतमा गोरु ब्यायो, । अहिले गोरु ब्यायाे मात्र होइन, पाँचवटा बाच्छा पायो ।’





