नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक कोरोना संक्रमितको ज्यान गएको छ ।

यससँगै नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको कूल संख्या ११ हजार ९ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामा ७७ जना कोरोना संक्रमित थपिएका छन् ।

पीसीआर र एन्टिजेन विधिबाट गरी सात हजार नौ सय ८१ जनाको नमुना परीक्षण गर्दा ७७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यही अवधिमा एक सय ८९ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

आज थपिएकासँगै नेपालमा पाँच हजार दुई सय १२ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button