गण्डकी र प्रदेश १ मा वर्षाकाे सम्भावना

काठमाडाैं हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको अंशिक प्रभाव रहेको छ ।

बिहान पहाडी भूभागमा आंशिक बदली छ ।

दिउँसो पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने आँकलन माैसम पूर्वानुमान महाशाखाले गरेकाे छ ।

प्रदेश १ र गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

पूर्वी हिमाली भूभागको एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

साेमबार पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने आँकलन गरिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button