भगवन्त मानले लिए पन्जाबको मुख्यमन्त्रीको सपथ

नयाँ दिल्ली । आम आदमीका पार्टी नेता भगवन्त मानले पद तथा गोपनियताको सपथ लिनु भएकाे छ।

मानले बुधबार खटकर गाउँमा एक समारोहबीच सपथ लिनु भएकाे हाे ।

उहाँले सपथ लिएको गाउँ स्वतन्त्र सेनानी भगत सिंहको पुख्यौली गाउँ हो ।

विशाल सपथ समारोहमा गभर्नर बनवारिलाल पुरोहित, दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल र सो राज्यका मानिसहरुको उपस्थित थियो ।

सपथ लिएपछि नवनियुक्त मुख्यमन्त्री मानले सहभागी सबैलाई धन्यबाद दिनुभएकाे छ ।

समारोहमा सहभागी हुनेमध्ये अधिकांश पुरुष पहेँलो फेता र महिला पहेँलो सलमा सजिएका थिए ।

११७ सिट रहेको पन्जाब बिधान सभामा आम आदमीले ९२ सिट ल्याएको थियो ।

सन् २०१७ को बिधान सभामा ७७ सिट ल्याएको कंग्रेस १८ सिटमा खुम्चिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button