कांग्रेसलाई १३ सिटमा झार्दिन्छौं: एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्माले नेपाली कांग्रेस पार्टीलाई आगामी निर्वाचनमा १३ सिटमा झार्दिने बताउनु भएकाे छ।

एमाले सम्पर्क समन्वय कमिटीले आज आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष ओलीले केही वर्षअघिको निर्वाचनमा २३ सिटमा सिमित भएको कांग्रेस अब १३ सिटमा झार्नु पर्ने बताउनु भयाे ।

यसका लागि तयारीमा लाग्न उहाँले कार्यकर्तालाई निर्देशन पनि दिनु भयाे ।

कार्यक्रममा उहाँले जो व्यक्ति भत्ता खाइरहेको छ उसले कांग्रेसलाई भोट नदिने र जो व्यक्ति भत्ता खाने बेला हुन लागेको उहाँले पनि भोट नदिने दावी गर्नुभयाे । यस्तै कर्मचारीहरूको तलबभत्ता पनि आफ्नै पार्टी नेतृत्व सरकारले २५ प्रतिशत तलब बढाएको दावी पनि गर्नुभयाे ।

अब एमाले बाहेक अरु पार्टी सरकारमा गएर तलबभत्ता नबढ्ने आश्वासन पनि कर्मचारीलाई दिनु भयाे । उहाँले युवाहरू पनि कांग्रेस र गठबन्धन सरकारबाट वाक्क भइसकेको र एमालेलाई भोट दिने आशा गर्नुभयाे ।

उहाँले कार्यक्रममा एमाले देशको पहिलो पार्टी भएको पनि बताउनु भयाे । संसदमा अझै पनि एमालेको ९८ सिट रहेको र देशभरको महोल पनि एमालेकै पक्षमा रहेको बताउनु भयाे । उहाँले देशभरका मेयर, उपमेर, केन्द्रीय तहको नेता एमालेमा आइसकेकाले अब माओवादी केन्द्रसहितका अन्य पार्टीको भाँडो रित्तिसकेको बताउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button