महानगरविरुद्ध पाेखरा उद्योग बाणिज्य संघ, प्रचार कर फिर्ता लिन माग

पोखरा न्यूज । पोखरा महानगरपालिकाले नगर क्षेत्रमा होर्डिङ बोर्डको शुल्क लिने सूचना जारी गरेपछि पोखराका उद्योगी व्यवसायीहरुको संस्था पोखरा उद्योग वाणिज्य संघले आपत्ति जनाएको  छ ।

विज्ञापन करका लागि महानगरले निजी कम्पनीलाई ठेक्का दिएको छ । अब हरेक पसलले टाँसेको १० वर्ग फुटभन्दा माथिको होर्डिङ बोर्डको शुल्क लाग्ने भएको छ ।

ठेक्का पाएको कम्पनी साइन हव प्रालिले पसलहरुमा पत्र पठाएर शुल्क मागेको हो । ‘राज्यका निकाय र महानगरपालिकालाई व्यवसाय सहित अन्य कर तिरेर संचालन गरिरहेको छ । त्यसको प्रचार गर्न पाउनुपर्‍यो नि,’ संघका महासचिव सुरेन्द्रमान विजुक्छेले भन्नुभयो, ‘सामान्य होर्डिङ बोर्डको पनि पैसा तिर्नुपर्ने भएपछि व्यवसायीमाथी नै प्रहार गरिएको छ । यो तत्काल फिर्ता हुनुपर्छ ।’

चालु आर्थिक वर्ष २०७८/०८९ को लागि १ करोड ५ लाखमा साइन हवले विज्ञापन करको ठेक्का लिएको हो । संघले महानगरको सहमतिमा ठेकेदारले ज्यादती गरेको भन्दै ‘स्वेत आतंक’को संज्ञा दिएको छ ।

‘व्यवसायीहरुले व्यवसाय चिनारीको लागि राखिने बोर्डहरु विज्ञापन हैनन् । नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भइ, दर्ता शूल्क, आयकर, व्यावसाय कर सहितका सबै कर तिरेका छौं,’ उहाँले भन्नुभयो, ‘कानूनले दोहोरो कर बर्जित गरेको छ ।

व्यवसाय कर पनि तिर्ने र त्यही व्यवसायको चिनारीको खातिर राखिएको बोर्डको कर पनि तिर्नुपर्छ भन्नु कानूनको उलंघनमात्रै हैन, व्यवसायीहरुको सार्वभौम अधिकारमाथिको आक्रमण हो ।’

संघले महानगर कर तिर्ने नागरिकप्रति अराजक र स्वेच्छाचारी भएको आरोप लगाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button