नारायणी नदी किनारमा प्लास्टिकजन्य फोहोरमैला टिप्दै राजेश हमाल

सरसफाइमा सक्रिय हुन आग्रह

काठमाडौं । अभिनेता राजेश हमाल नवलपरासी पुर्वको देवचुली नगरपालिका-१७ स्थित नारायणी नदी किनारको सरसफाइमा सहभागी हुनुभएकाे छ ।

नदी किनारा सफाइ गर्दै उहाँले सबैलाई सहभागी हुन् आग्रह पनि गर्नुभयाे ।

हमालले स्थानीय संस्था, व्यवस्थापन समितिहरुलाई पनि नदी किनारको नियमित सरसफाइमा सक्रिय हुन आग्रह गर्नुभयाे ।

उहाँको आग्रहपछि नदी किनार सरसफाइ कार्यक्रममा अभिनेता हमालसहित स्थानीय जुटेका थिए ।

सोमबार बिहान ७ देखि ९ बजेसम्म हमालले नदी किनारमा जम्मा भएका प्लास्टिकजन्य र दाहसंस्कार गर्दा फ्याँकिएका लुगासहितका फोहोरमैला व्यवस्थापन गर्नुभएकाे हाे ।

‘आज हामीले एकदिन, केहीबेर सफाइ गरेर सधैंका लागी हुने त होइन, तर सबैमा सचेतनाको सन्देश फैलाउनु आजको उद्देश्य हो,’ अभिनेता हमालले भन्नुभयाे, ‘यहाँ घुम्न आउने पर्यटकहरूले नै यी कुरा बुझ्नु जरुरी छ ।’

उहाँले झन्डै एक घन्टा आफैंले सफारी गाडी चलाएर त्यस क्षेत्रको अवलोकनसमेत गर्नुभएकाे थियाे ।

केही दिन अगाडि मात्र अभिनेता हमालले काठमाडौंमा फोहोर व्यवस्थापनलगायतका काममा जनप्रतिनिधि सक्रिय नदेखिएको भन्दै ‘मेयर बन्नु पर्छ कि क्या हो ?’ भन्दै व्यंग्य गर्नुभएकाे थियाे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button