वासिंगटनमा ट्याक्सी चलाउँछन् अफगानिस्तानका पूर्वअर्थमन्त्री

न्युयोर्क । अफगानिस्तानका पूर्वअर्थमन्त्री खालिद पेयन्दाले अमेरिकी सहर वासिंगटनमा ट्याक्सी हाँकेर गुजारा चलाउने गर्नुभएकाे छ ।

अगस्टमा तालिवानले सत्ता कब्जा गर्नु एक साताअघि एउटा सार्वजनिक कार्यक्रममा तत्कालीन राष्ट्रपति असरफ गनीले आलोचना गरेपछि उहाँले राजीनामा दिनुभएकाे थियाे ।

वासिंगटन पोस्टमा प्रकाशित एउटा रिपोर्टअनुसार ४० वर्षीय पेयन्दाले ६ घन्टामा १५० डलर भन्दाबढी कमाउनु हुन्छ । अमेरिका पुगेपछि पेयन्दाले आफ्नो परिवारसँग पुनर्मिलन भएको बताउनु भएकाे थियाे ।

कुनै बेला उहाँले अमेरिकाले अफगानस्तिानलाई सहयोग प्रदान गरेको ६ अर्ब डलर रकमको व्यबस्थापन गर्नुभएकाे थियाे ।

राजधानी काबुलबाट वासिंगटनसम्मको आफ्नो सङ्क्रमणकालीन अवधिलाई पेयन्दाले ‘बिल्कुल परिवर्तन’ भन्नुभएकाे छ ।

काबुल ढलेको महिनौँपछि पनि पेयन्दाले प्रजातान्त्रिक ढंगले निर्वाचित सरकार चाँडो पतन हुनुमा आफ्ना सहकर्मीसँगै आफू पनि जिम्मेवार रहेको बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ, ‘सुधार गर्ने र गम्भीर बन्ने सामूहिक इच्छा थिएन् ।‘

देश तालिबानलाई सुम्पिएकोमा उहाँले अमेरिकाकोसमेत आलोचना गर्नुभएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button