पोखरामा स्कुल बससँग स्कुटर ठक्कर खाँदा युवकको मृत्यु

स्कुटरको ठक्करबाट पैदल यात्री घाइते

पोखरा न्यूज । पोखरामा बिहीबार बिहान सवारी दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।

चाउथेबाट विजयपुर तर्फ आउँदै गरेको ग २२ प ००७ नं.को स्कुटर विजयपुरमा विपरीत दिशाबाट आउँदै रामबजार स्थित गोल्डेन फ्युचर बोर्डिङ स्कुलको गरेको ग १ क ९९६ नं.को बसमा ठक्कर खाँदा स्कुटर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा पोखरा १४ चाउथेका १९ वर्षीय किस्मत वाग्ले रहेको कास्की प्रहरी प्रवक्ता डिएसपी, सुन्दर तिवारीले जानकारी दिनुभयो । गम्भीर घाइते भएका वाग्लेलाई उपचारको लागी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा चेक जाँच गर्ने क्रममा चिकित्सकले बिहान ०६ :२० बजे मृत घोषणा गरेको डिएसपी तिवारीले बताउनुभयो ।

उहाँका अनुसार उक्त स्थानमा बिहान ५ :५० बजेको समयमा पैदल यात्रीलाई स्कुटरले ठक्कर दिएपछि स्कुटर स्कुल बससँग ठोकिन पुग्दा दुर्घटना भएको हो ।

स्कुटरको ठक्करबाट पैदल यात्री पोखरा १३ मियाँपाटन की ३२ वर्षीया टेक माया घर्ती घाइते भएकोमा लेखनाथ सिटी अस्पताल शिशुवामा सामान्य उपचार पश्चात् डिस्चार्ज भएको डिएसपी तिवारीले बताउनुभयो ।

प्रहरीले बस ,स्कुटर र बस चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button