पाेखरामा मिथुनकाे हत्या गरेर फरार युवक पक्राउ

पोखरा । पाेखरामा नाै वर्ष अगाडि एक युवाकाे हत्या गरी फरार रहेकालाई प्रहरीले लुकिछिपी बसेकाे अवस्थामा बुधबार पक्राउ गरेकाे छ ।

कास्की प्रहरीले ज्यानसम्बन्धी मुद्दाका फरार पर्वतकाे मोदी ८ चित्रेका दिपक बि.क. भनि चिनिने २५ वर्षीय शिरिष विश्वकर्मालाई पक्राउ गरेकाे हाे ।

विश्वकर्माले ०६९ कात्तिक २५ गते पोखरा लेकसाइडस्थित नेशनल स्कूलमा कक्षा १० मा पढ्ने मिथुन विकको हत्या गरेका थिए ।

उनीसहित २२ जनाको समूहले आपसी रिसइबीका कारण कुटपिट तथा चक्कु प्रहार गरी मिथुनको हत्या गरेको प्रहरीले जनाएको छ ।

उनलाई कास्कीको अन्नपूर्ण ५ सल्यानस्थित आफन्तको घरमा लुकिछिपी बसेको अवस्थामा बुधबार पक्राउ गरिएकाे बताइएकाे छ ।

घटनापछि उनी फरार भएका थिए ।

उनलाई कास्की जिल्ला अदालतमा कारबाहीको लागि पेश गरिएको प्रहरीले जनाएकाे छ ।

आफ्नो परिचय लुकाएर लामो समय भारतमा गएर बसेका थिए ।

अदालतबाट पक्राउ अनुमति लिएर खोज तलास गर्नेक्रममा उनी पक्राउ परेका हुन् ।

हत्यामा संलग्न एक जना भने अझै फरार रहेकाे बताइएकाे छ ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button