पोखरामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा युवतीको मृत्यु

एक युवती घाइते

पोखरा न्यूज । पोखरामा बुधबार बिहान ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ ।

पोखराको सभागृह चोकमा ना ६ ख ४७२५ नं. को ट्रकले ग १४ प ६५९८ नं. को स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहान करिब ६ बजेको समयमा भएको दुर्घटनामा पोखरा १५ नयाँ गाउँकी १८ वर्षीया अञ्जना पाइजाको मृत्यु भएको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुन्दर तिवारीले जानकारी दिनुभयो ।

डिएसपी तिवारीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी अञ्जनालाई उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरामा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

स्कुटरको पछाडि सवार घले चोक निवासी १८ वर्षीया मिना गुरुङ घाइते भएको डिएसपी तिवारीले उल्लेख गर्नुभयो । घाइते गुरुङको अवस्था सामान्य छ ।

ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button