चितवनलाई शिक्षा र स्वास्थ्यको हब बनाउने: प्रचण्ड

चितवन । नेपाली माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्युत्को क्षेत्रमा राम्रो प्रगति भएको बताउनु भएकाे छ ।

राप्ती नगरपालिकास्थित नेपाल विद्युत् प्रधिकरणको पुर्वी चितवन सबस्टेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देश लोडसेडिङमुक्त भइसकेकाले अब विद्युत्बाट यातायात, कृषि, सिँचाइ, शिक्षासहितका क्षेत्रमा आमूल परिवर्तनको अवस्थामा आइपुगेको बताउनु भएकाे हाे ।

देश र जनतालाई समृद्धतर्फ लैजान विद्युत्बाट गर्नुपर्ने बताएका उहाँले चितवनलाई शिक्षा र स्वास्थ्यको हब बनाउनुपर्ने बताउनु भयाे ।

कृषिमा उत्पादन वृद्धि गर्ने, शिक्षा र स्वास्थ्यको हब बनाउनु पर्ने भन्दै उहाँले यसका लागि शक्तिखोर औद्योगिक क्षेत्र स्थापना गरेर रोजगारी सृजना गर्ने बताउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button