एक लाख राशिको पत्रकारिता पुरस्कारबाट नेपाल सम्मानित

काठमाडौं । वरिष्ठ पत्रकार किशोर नेपाल कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएकाे छ ।

रिपोर्टस क्लव नेपालले आफ्नो २४औं वार्षिकोत्सवको अवसरमा बिहीबार पत्रकार नेपाललाई सम्मान गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पत्रकार नेपाललाई सम्मान गर्नुभएकाे हाे ।

पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईकाे नामबाट क्लबले कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकारलाई सम्मान गर्दै आएकाे छ ।

एक लाख रुपैयाँ र ताम्रपत्रसहित पत्रकार नेपाललाई सम्मान गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button