
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्ष दल लोकतान्त्रिक समाजवादी पार्टीलाई नागरिकता विधेयक अगाडि बढाउनेलगायत तीन विषयमा प्रतिवद्धता जनाउनु भएकाे छ ।
भारत भ्रमणमा जानु अघि महन्थ ठाकुर नेतृत्वको लोसपाका शीर्ष नेतालाई वालुवाटारमा भेटघाट गरी तराई-मधेस आन्दोलनमा पक्राउ परेर जेल जीवन बिताइरहेका नेताहरुको मुद्दा फिर्तालगायतका विषयमा प्रतिवद्धता जनाउनु भएकाे हाे ।
‘प्रधानमन्त्रीज्यूले लोसपाका नेताहरुसँग तीनवटा प्रतिवद्धता जनाउनु भएको छ,’ लोसपा कार्यकारिणी सदस्य केशव झाले न्युज भन्नुभयाे, ‘पहिलो बजेट अधिवेशनमा नागरिकता विधेयक पेश गर्ने, दाेस्राे मुद्दा फिर्ताका बारेमा जानकारी लिन महान्यायधिवक्तालाई निर्देशन दिनु भएको छ ।’
स्थानीय तहमा चुनावी गठबन्धनका बारेमा भारत भ्रमणवाट फर्केपछि पाँच दलीय गठबन्धनमा छलफल गरेर आवश्यक निर्णय लिने तेस्रो प्रतिवद्धता जनाएको झाले जानकारी दिनुभयाे ।
उहाँका अनुसार भारत भ्रमणबाट फर्के लगत्तै पुन: प्रधानमन्त्री र लोसपाका शीर्ष नेताहरु बसेर निष्कर्षमा पुग्ने बताउनु भएकाे छ ।





