सगरमाथा आरोही दिया पुनलाई पुन समाजकाे सम्मान

पोखरा । पुन समाज नेपाल केन्द्रीय समितिले बिश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न लाग्नुभएकी नायिका दिया पुनलाई एक कार्यक्रमका बीच सम्मान तथा शुभ कामना कार्यक्रमको आयोजना गरेको छ।

साे अवसरमा बोल्दै प्रमुख अतिथि समेत रहनु भएकी दिया पुनले बिश्वमा कोभिड महामारीले आक्रान्त भएको देख्दा युकेमा आफू कार्यरत अस्पतालमा समेत च्यारिटी शो समेत गरेको बताउनु भएकाे छ । समाज सेवा गर्न पाउदा औधी खुशी लाग्ने बताउदै पोखरामा अवस्थित एक बालगृहलाई पठन पाठन र आवासको निम्ति समेत च्यारिटी साे गरेको जानकारी दिनुभयाे।

खासगरी महिलाको संलग्नता कम र बिश्व कीर्तिमानी निर्मल पुर्जाको प्रेरणाले नै हिमाल आरोहण गर्ने लालसा पलाएकाे उहाँले बताउनु भयाे । उहाँ यस अघि नै अर्जेन्टिनाको अकम्बा हिमाल र नेपाल कै मनास्लु हिमाल समेत सफलतापूर्वक आरोहण गर्नुभएकाे छ ।

हाल युके निवासी क्याप्टेन उमेस पुन र रुपा पुनका तीन सन्तान मध्य उहाँ चाहि ठुली छाेरी हुनुहुन्छ । उहाँका बुवाले समेत म्याग्दी जिल्लाको सिक्तानी गाउँमा कृषि र शैक्षिक बिकासका निम्ति १ करोड रुपियाँको अक्षय कोष खडा गरिदिनु भएकाे छ ।

कार्यक्रममा पुन समाज नेपालका वरिष्ठ उपाध्यक्ष पूर्ण गर्बुजा पुनले पुन समाजको झण्डा सगरमाथामा फहराउन हस्तान्तरण गर्नुभएकाे थियाे ।

यही महिना अप्रिल ४ मा उहाँ आरोहणका लागि त्यस तर्फ लाग्दै हुनुहुन्छ । आराेहणका लागि अनुमानित लाग्ने कुल पैतीस लाख रुपैयाँ उहाँकै परिवारले लगानी गर्ने बताइएकाे छ ।

नेपाली चलचित्रमा समेत जम्दै गर्नुभएकी नायिका दियाले बीर बिक्रम, मिस्टर झोले, ह्याप्पी डेज र दयारानी जस्ता ठूला पर्दाका चलचित्रमा समेत नायिकाको भूमिका निर्बाह गरिसक्नुभएकाे छ। उहाँ द्वारा अभिनित पछिल्लो चलचित्र मन्त्रको छायांकन पूरा भै आगामी बैशाखमा प्रदर्शन हुने तर्खरमा छ ।

कार्यक्रममा समाजका शिक्षा बिभाग प्रमुख नन्द गर्बुजा, भाषा संस्कृति बिभाग प्रमुख याम पुन पुन समाज पोखराकी अध्यक्ष राजकुमारी पुन र गुरुङ चलचित्रका नायक तारा बहादुर गुरुङले समेत बोल्नु भएको थियो।

पुन समाज युके, ढुंगेपाटन पुन समाज, बैदाम पुन समाज र सिक्तानी समाज लगायतले पनि खादा र पुष्प माला अर्पण गरेर सफल आरोहणको कामना गरेका थिए ।

संस्थाका वरिष्ठ उपाध्यक्ष पूर्ण बहादुर गर्बुजा पुनको सभापतित्वमा सम्पन्न कार्यक्रमको सन्चालन महासचिव खिमन सेर्पुजा पुन र स्वागत भाषण समाजकाे कास्की अध्यक्ष क्या बल बहादुर तिलिजा पुनले गर्नुभएकाे थियाे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button