
काठमाण्डाैं । बिहे गर्ने प्रलाेभन देखाइ पटक पटक गरी बयालीस लाख भन्दा बढी नगद रकम ठगि गरेकाे आराेप ५२ वर्षीय एक पुरुष काठमाण्डाैंमा पक्राउ परेका छन् ।
रामेछापकाे साँघुटार ३ घर भइ हाल काठमाण्डौ धापासी बस्ने नबिन भन्ने लोक बहादुर श्रेष्ठ पक्राउ परेका हुन् ।
महानगरीय अपराध महाशाखाका अनुसार उनले ठगी गर्ने योजना बनाई फोन सम्पर्क गरी बिबाह गर्ने प्रलोभन देखाई पिडितलाई बिश्वासमा पारे पटक पटक गरी रकम ठग्न सफल भएका हुन् ।
आफू बिरामी परेको भनी कहिले अस्पतालमा उपचार गर्न त कहिले झारफुक गर्नका लागि भन्दै आएमइ तथा सिटिएक्सप्रेस मार्फत पटक-पटक गरी करिब ४२ लाख ३४ चौतिस हजार रकम पिडीतलाई पठाउन लगाई ठगी गरेको भन्ने पिडितको सुचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेकाे जनाएकाे छ ।
महाशाखाबाट खटिएको बिशेष प्रहरी टोलीले काठमाण्डौ बिशाल नगरबाट उक्त ठगी गर्ने कार्यमा संलग्न श्रेष्ठलाई पक्राउ गरी ठगी कसुर अन्तर्गत थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाएकाे जनाएकाे छ ।





