
एजेन्सी । संसद विघटन भएकाे पाकिस्तानमा प्रधानमन्त्री इमरान खानले पूर्व मुख्य न्यायाधीश गुलजार अहमदलाई कामचलाउ प्रधानमन्त्रीको रूपमा प्रस्ताव गर्नुभएकाे छ ।
जारी राजनैतिक संकट समाधानका लागि प्रधानमन्त्री इमरान खानले सोमबार साे प्रस्ताव गर्नुभएकाे हाे ।
प्रधानमन्त्री खान सररकाका मन्त्री फवाड चौधरीले यसको पुष्टि गर्नुभएकाे छ ।
निर्वाचन गराउनका लागि पूर्व न्यायाधिश अहमदलाई प्रधानमन्त्री बनाउन लागिएको हो।





