
पोखरा । पोखरा महानगरपालिकाकाे वडा नं १३ को वडा सदस्य पदका लागि अटेरी उम्मेदवारी घोषणा भएको छ ।
यसअघि वडा अध्यक्ष र सदस्य पदका लागि अटेरी उम्मेदवारी घोषणा भइ सकेको छ ।
१३ को वडा सदस्य पदका लागि सागर बरालले अटेरी उम्मेदवारी घोषणा गर्नुभएकाे हाे ।
स्थानीय तह दलरहित बनाउने माग सहित पोखरा महानगरकाे मेयर पदमा उम्मेदवारी दिएर गनेस पौडेलले सुरु गर्नुभएकाे अटेरी अभियान अहिले देशव्यापी बनेको छ ।
निर्वाचन लक्षित कार्यक्रममा जुटेको अटेरी अभियानले आउँदो चैत २६ गते पोखरा लक्षित घोषणापत्र सार्वजनिक गर्दै छ ।
अटेरीका निर्वाचन अभियान संयोजक हरि कार्कीले चैत २६ गते पोखराको सिर्जना चोकमा अवस्थित ’रवि महल’ मा दिउँसो १ बजे अटेरीले आयोजना गरेको घोषणापत्र सार्वजनिक कार्यक्रममा सहभागी हुन आग्रह गर्नुभएकाे छ ।
‘हाम्रो घोषणापत्र सार्वजनिक कार्यक्रममा हाम्रा शुचेच्छुक चासो राख्ने सबै जना आउनु होला । परिवर्तनका लागि जुट्नु होला,’ उहाँले भन्नुभएकाे छ ।





