डाक्टर मृत्यु प्रकारण: उच्चस्तरीय छानबिन गरी दोषीलाई तत्काल कारबाहीको माग

काठमाण्डाैं । नाेबेल अस्पताल बिराटनगरका डाक्टर विजय यादवकाे अस्पतालभित्रका केही डाक्टरहरुसँग विवाद रहेकाे कारण आपसी रिसवीले हत्या गरिएकाे आशंका गर्दै घटनाको छानबिन गरि दोषीलाई तत्काल कारबाहीको माग गरिएकाे छ ।

सप्तरीको विष्णपुर गाउँपालिका (खुरुहुरिया) यदुनन्दन यादवका छोरा डा विजयको हत्याको घटनाको छानबिन गरि दोषीलाई तत्काल कारबाहीको माग गर्दै सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम मार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।

मंगलबार सप्तरीबासीले गौतममार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

अर्थोपेडिक ३१ वर्षिया डा. यादव बिराटनगर स्थित नोबेल अस्पतालमा ३ वर्ष देखि कार्यरत थिए ।

हाडजोर्नीमा गुणस्तरीय स्टिल प्रयोग गर्नुपर्ने बिषयमा अस्पताल भित्रैका केही डा.संग बिवाद रहेको आपसी रिसिवीको कारण हत्या गरिएको हुन सक्ने आशंका रहेकाले जाँच गर्न ज्ञापनपत्रमा माग गरेको छ ।

घटनाको उच्चस्तरीय छानबिन गरि दोषीलाई कडाभन्दा कडा कार्वाही नगरे सप्तरीवासी चरणबद्ध आन्दोलनमा उत्रिने ज्ञापन पत्रमा बताईएको छ।

अस्पतालको छेउमै डेरा गरि बस्दै आएका यादवको २०७८ साल चैत १८ गते राति हत्या गरेर बस्तै आएको डेराको गेट शव राखिएको अबस्थामा शनिवार बिहान भेटिएको थियो ।

शवको नाक र मुखबाट रगत बगेको ,शरिरमा चोटपटक लागेको, एउटा खुट्टामा चप्पल लगाएको, अर्को खाली खुट्टा रहेको थियो।

शव नजिकै लाईटर र महिलाले लगाउने चप्पल भेटिएकोले हत्या गरिएको हुनसक्ने प्रहरीले अनुमान समेत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button