साजिदले छाडेपछि ‘कभी इद कभी दिवाली’ काे निर्देशन सलमानले गर्न सक्ने

काठमाडौं । बलिउडमा अभिनेता सलमान खान र साजिद नडियाडवाला मिल्ने साथी हुनुहुन्छ ।

उहाँहरूले मुझसे सादी करोगी, जानेमन जस्ता फिल्ममा सँगै कामसमेत गर्नुभएकाे छ ।

पछिल्लो समय उहाँहरु दुईको सहकार्य ‘कभी इद कभी दिवाली’ मा हुने चर्चा थियो ।

सलमान आफैँले सामाजिक सञ्जालमार्फत यसबारे जानकारीसमेत दिनुभएकाे थियाे ।

यद्यपि अब यो फिल्मको निर्माताको रूपमा साजिद नरहने हुनुभएकाे छ ।

पछिल्लो समय बागी ३, तड़प र बच्चन पाण्डेले बक्स अफिसमा खराब कलेक्सन गरेपछि साजिद आफ्नो प्रोडक्सनको रिभ्यु गर्न चाहनुहुन्छ ।

यद्यपि सलमान फिल्मको छायांकन छिट्टै गर्न चाहनु हुन्छ ।

साजिदले फिल्मको छायांकन पोस्टपोन्ड गर्ने बताएपछि सलमानले आफू मात्र फिल्मको निर्माण गर्ने निर्णय लिनु भएकाे छ ।

यो फिल्म अब सलमान खान फिल्म्सको ब्यानरमा बन्नेछ ।

यसका साथै फिल्मको निर्देशनसमेत सलमान आफैँले गर्न सक्ने बताइएको छ ।

‘सलमानले आफैँले निर्देशन गर्न सक्नेछन् । किनकि पछिल्लो केही वर्षयता उनले आफ्नो फिल्मको स्क्रिप्टदेखि पोस्ट प्रोडक्सनको कामसम्म नियाल्ने गरेका छन्,’ सलमानका नजिकका एक निर्माताले भने ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button