चालकसहित बस पल्टिदा सर्लाहीमा २४ जना यात्रु घाइते

काठमाडौं । चालकसहित बस पल्टिदा सर्लाहीमा २४ जना यात्रु घाइते भएका छन् ।

सर्लाहीको ईश्वरपुर नगरपालिका–५ फुलजोर चोकमा सोमबार बिहान बस पल्टीदा चालक सहित बसमा सवार २४ जना यात्रु घाइते भएका हुन् ।

घाइते मध्ये ५३ बर्षीया कमला श्रेष्ठ राइको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

उनको जनकपुर स्थित रामा मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

पारिश्रमिक सहकारी संस्था मोरङबाट भ्रमणको लागी प्युठान पुगेर मोरङतर्फ फर्कदै गर्दा प्रदेश ३–०१–००५ ख ९८६० नम्बरको बस आज बिहान पौने ४ बजे दुर्घटनामा परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button