विस्का जात्रा : बुधबार साँंझ भक्तपुरमा ५५ हात लामो लिङ्गो उभ्याइने

भक्तपुर । भक्तपुरको विस्का जात्राको क्रममा बुधबार साँंझ भक्तपुरको ल्योसिंखेलमा ५५ हात लामो लिङ्गो उभ्याइँदै छ ।

प्रत्येक वर्षजस्तै यो वर्ष पनि भक्तपुर नगरपालिका-५ ल्योसिंखेलमा लिङ्गो उभ्याइने छ ।

आठ रात नौ दिन लामो विस्का जात्राको यो सबैभन्दा बढी मुख्य आकर्षणको जात्रा हो ।

जात्राको क्रममा ५५ हात लामो लिङ्गोलाई डोरीको सहायताले तानेर उभ्याइने गरिन्छ ।

प्रत्येक वर्ष चैतको अन्तिम दिन साँंझ यहाँ लिङ्गो उभ्याउने गरिन्छ ।

उभ्याइएको लिङ्गोलाई वैशाख १ गते ढाल्ने गरिन्छ ।

चैतको मसान्तमा उभ्याइने र बैशाख १ गते ढाल्ने भएकाले लिङ्गो एक वर्ष उभेको बुझाइ छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button