स्याङ्जामा जिप पल्टँदा पाँचको मृत्यु

पोखरा । स्याङ्जामा आइतबार जिप पल्टिँदा पाँचजनाको मृत्यु भएको छ ।

वालिङ नगरपालिका-१२ डाँडाखर्कमा जीप पल्टिएको हो ।

जीपमा एक बालकसहित पाँचजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ ।

जिप सडकबाट दुई सय मिटर तल खसेकाे थियाे ।

जीपमा ११ जना सवार थिए । तीमध्ये थप दुईजनाको अवस्था गम्भीर छ ।

घाइते ६ जनालाई उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज पठाइएको छ ।

मृतकको पहिचान अझै खुलेको छैन ।

प्रत्यक्षदर्शीसमेत काेही नभएकाे प्रहरीले जनाएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button