उम्मेदवार छान्न अन्तर्वार्ता लिन थाल्याे एमालेले !

काठमाडौं । नेकपा एमाले ललितपुरले आसन्न स्थानीय तहकाे निर्वाचनका लागि उम्मेदवार छान्न अन्तर्वार्ता लिन सुरु गरेको छ ।

एमाले ललितपुर क्षेत्र नम्बर १ ले आइतबार मात्र कोञ्ज्योसोम गाउँपालिकाका आकांक्षीसँग अन्तर्वार्ता लिएकाे छ ।

अध्यक्षका आकांक्षी कृष्णमान लामा, कृष्ण सापकोटा र कविन्द्र लामा तथा उपाध्यक्षका आकांक्षी रनिता तामाङ र सुनिता तामाङसँग अन्तर्वार्ता लिइएकाे हाे ।

क्षेत्र नम्बर १ मा मधुसुधन पौडेलकाे संयाेजकत्वमा कार्यदल छ ।

सदस्यमा तारा सञ्जेल,नवराज सिलवाल र चेतनाथ सञ्जेल हुनुहुन्छ ।

एमाले अध्यक्ष पुरुषोत्तम आचार्यका अनुसार क्षेत्रीय कमिटीले जिल्लालाई उम्मेदवार सिफारिस गर्नेछ ।

उहाँले भन्नुभयाे, ‘संस्थागत र विधिवत ढंगबाट उम्मेदवार सिफारिस गर्न कार्यदल बनाएका हाैं । उपयुक्त व्यक्तिलाई छिट्टै सिफारिस गर्छाैं ।’

महाकाल कमिटीका अध्यक्ष पुरुषोत्तम हुमागाईंले पनि आफूहरुलाई अन्तर्वार्ताका लागि पार्टीले बोलाएको बताउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button