राजेन्द्र महतोको फेसबुक ह्याक, पार्टी छोडेको पोष्ट भाइरल

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोको फेसबुक ह्याक भएको छ ।

फेसबुक ह्याक गर्दै ह्याकरले महतोले आजदेखि लोसपा छोडेको आशयको पोष्ट गरेको थियो ।

फेसबुक ह्याक भएपछि महतोले यसमा कुनै सत्यता नरहेको प्रष्ट पार्नुभएकाे छ ।

उहाँले फेसबुकमा लेख्नुभएकाे छ, ‘मेरो फेसबुक ह्याक गरि सुनियोजित रुपमा कसैले यो समाचार सम्प्रेषण गरेकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यसमा कुनै सत्यता नरहेको प्रष्ट पार्न चाहन्छु । यस्तो घृणित कार्य गर्नेलाई तुरुन्त कानुनी दायरामा ल्याउन पहल गर्नेछु ।’

उहाँले लोसपा छोडेको भन्दै लेखिएको पोष्टको स्क्रिनसट भाइरल भएपछि प्रष्ट्याउनु भएकाे हाे ।

पोष्टमा लेखिएको छ, ‘लोकतान्त्रिक समाजवादी पार्टी नेपालसँगको यात्रालाई आजबाट पूर्ण रूपले बिराम दिएको छु । यात्रालाई सहज र सरल बनाउन सहयोग गर्नु हुने सम्पूर्ण साथी शुभचिन्तक र पार्टीका सदस्यहरूलाई हृदयदेखि धन्यवाद ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button