गण्डकी प्रदेश सरकार ढल्न सक्ने मन्त्री आचार्यकाे चेतावनी !

गोरखा । गण्डकी प्रदेश सरकारका उर्जा तथा जलस्रोतमन्त्री हरिशरण आचार्यले गठबन्धन अन्य दलले जसपाको अस्तित्व स्वीकार गरेर सम्मानजन्यक हिस्सा नदिए प्रदेश सरकार ढल्न सक्ने चेतावनी दिनुभएकाे छ ।

मन्त्री आचार्यले गोरखामा जसपाको आधार, जनसंगठन र जनमतको आधारमा भागवण्डा नगरे अन्तिम विकल्पको रुपमा जसपाले प्रदेश सरकार पनि ढाल्न सक्ने चेतावनी दिनुभएकाे हाे ।

‘अहिले बाहिर मिडियातिर पनि हल्ला सुन्छु । माओवादी र कांग्रेस मिल्ने भए रे । हामीलाई साइड लगाउने भयो रे । हैन्, उहाँहरुले साइड लगाउनु भयो भने उहाँहरुलाई हैसिएत देखाउन सक्ने आधार पनि त हामीसँग छ नि । गण्डकी प्रदेशमा माओवादी र कांग्रेसबाहेकका अन्य पार्टीसँग मिलेर गएर उहाँहरुको सेखी झार्न त हामी सक्छौँ नि,’ मन्त्री आचार्यले भन्नुभयाे ।

अहिले तत्काल सरकार ढाल्ने कुरा नसोचे पनि सम्मानजनक हिस्सा नपाए सम्भावना रहेको उहाँले प्रष्टाउनु भयाे ।

‘अहिले हामी सरकारै ढाल्नसक्ने सम्म त सोचेका छैनौँ । तर, उहाँहरुले निहुँ नै खोज्नु भयो भने त त्यसको प्रतिशोध त साँध्नु पर्‍याे नि । त्यो गर्नै पर्‍याे । औपचारिक रुपमा त हामी त्यसरी गएका छैनौँ । तर, उहाँहरुले शंका गरिराख्नु भएको छ । किनभने प्रदेश सरकारमा पनि हामी निर्णयक छौँ र कतिपय सन्दर्भमा सरकारमा भएका विषयवस्तुमा पनि अलिकति कन्फिल्ट पनि भइराखेको त्यसो भएको कारण यसै भन्न सकिन्न,’ मन्त्री आचार्यले भन्नुभयाे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button