११ र १२ वैशाखमा उम्मेदवारी दर्ताको समयसीमामा नेपालले देखे षडयन्त्र

काठमाडौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दुई दिनसम्म उम्मेदवारी नोमिनेसनको समयसीमा राख्नुमा षडयन्त्रकोे आशंका रहेको जनाउनु भएकाे छ ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार ११ र १२ वैशाखमा उम्मेदवारी नोमिनेसनको समयसीमा तोकेकोप्रति आंशका व्यक्त गर्दै उहाँले प्रत्येक जिल्लामा कम्तिमा एक पालिका नेकपा एसले पाउनु पर्ने दाबी गर्नुभएकाे छ।

‘प्रत्येक जिल्लामा कम्तिमा एक पालिका हामी (नेकपा एस)ले पाउनुपर्छ,’ नेपालले काठमाडौंमा आयोजित कार्यक्रममा भन्नुभयाे, ‘झन एमालेले यसअघि जित हासिल गरेका पालिकामा स्वभाविक दाबी हाम्रो रहन्छ तर त्यस्तो भइरहेको छैन, यो गम्भीर कुरा हो ।’ उहाँले ११ वैशाखदेखि हुने उम्मेदवारी दर्ताप्रति पनि आशंका गर्नुभएकाे छ ।

‘भोलि उम्मेदवार नोमिनेसन फाइल गर्ने दिन हो र पर्सी पनि हो,’ नेपालको आशंका छ, ‘दुई दिनमा किन राखेको थाहा छ ? मलाई लाग्छ, त्यहाँ पनि कुनै षडयन्त्र छ, ११ वैशाखमा नोमिनेसन फाइल गर्लान, मान्छेको अनुहार हेरिकन १२ वैशाखमा फेरि विद्रोही उम्मेदवार खडा गरिदिउला भनेर सोचेका होलान ?’ तर, विद्रोही उम्मेदवार खडा गर्ने दाउँ भने आफूहरूले असफल पार्ने नेपालको दावी छ ।

निर्वाचन आयोगको कार्यतालिकाप्रति असन्तुष्ट नेता नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सबै योजना असफल हुने दाबी पनि गर्नुभएकाे छ ।

‘आफूले मात्र तिगडम जानेको सोचेका होलान, अरुले पनि जान्दछन । तर, ती तिकगडम सबै फेल हुनेछन्’ नेपालले अगाडि भन्नुभयाे, ‘सबैतिर फेल भएको मान्छे अझै तिगडम गरिरहेका छन्, यो फेरि असफल हुँदैछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button