युक्रेन युद्धमा रुस असफल भयोः अमेरिका

किभ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रुसले युक्रेनका केही भागमा क्रूरता देखाएको तर आफ्नो युद्धको उद्देश्यमा असफल भएको बताउनु भएकाे छ ।

युक्रेन भ्रमणका क्रममा विदेशमन्त्री ब्लिन्केनले सो धारणा राख्नुभएकाे हाे ।

उहाँले आइतबार किभमा राष्ट्रपति जेलेन्स्कीसँगको भेट गर्नुभएकाे हाे ।

विदेशमन्त्रीसँगै रक्षामन्त्री लोयड अस्टिन पनि युक्रेन भ्रमणमा हुनुहुन्छ ।

युक्रेनले रुसी हमलाको प्रतिकार गर्न अमेरिकासँग सैन्य हतियार माग गरिरहेका बेला दुई अमेरिकी उच्च अधिकारी आइतकार युक्रेनको राजधानी किभ पुग्नुभएकाे हाे ।

युक्रेनी राष्ट्रपतिसँगको भेटमा रक्षामन्त्री अस्टिनले अमेरिकाले रूसलाई सैन्य रूपमा कमजोर भएको हेर्न चाहेको रक्षामन्त्री अस्टिनले बताउनु भयाे ।

पछिल्लो समयमा रुसले आफ्नो आक्रमण पूर्वी युक्रेनमा केन्द्रित गरेको छ ।

यसअघि रुसले युक्रेन युद्ध दोस्रो चरणमा प्रवेश गरेको बताएको थियो ।

रुसको आक्रमण सुरु भएपछि यो उच्च स्तरीय अमेरिकी भ्रमण हो ।

यसैबीच, रुसी सेनाले मध्य र पश्चिमी युक्रेनमा पाँच रेलवे स्टेसनहरूमा आक्रमण गरेका छन् ।

मध्ययुक्रेनको ज्मेरिन्का र कोज्याटिनका स्टेसनहरूमा भएका आक्रमणमा हताहतका विवरण भने सार्वजनिक हुन बाँकी छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button