राजकुमार ह्यारी र मेघनको शाही उपाधि खोस्नुपर्छः ट्रम्प

न्युयोर्क । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती महारानी एलिजाबेथ द्धितीयले राजकुमार ह्यारी र उहाँकी पत्नी मेघन मर्केलको शाही उपाधि खोस्नुपर्ने बताउनु भएकाे छ ।

एक अन्तर्वातामा ड्युक र डचेज अफ ससेक्समाथि पूर्वराष्ट्रपति ट्रम्प खनिनु भएकाे हाे ।

राजकुमार ह्यारी आफ्नो देशप्रति निकै बेइमान भएकोसमेत उहाँले आरोप लगाउनु भयाे ।

उहाँलाई स्वदेश फर्किन प्रतिबन्ध लगाउनु पर्ने बताउँदै ट्रम्पले महारानीले ‘सीधै यहाँ नआउ भन्नु पर्ने’ बताउनु भयाे ।

रानीको स्थानमा ट्रम्प भएको भए के उहाँले ह्यारी र मेघनको शाही उपाधि खोस्नुहुन्थ्याे ? भन्ने एउटा प्रश्नको जबाफमा ट्रम्पले अगाडि भन्नुभयाे, ‘हो मैले खोस्थे ’

आफू मेघनको प्रशंसक नभएको भन्दै उहाँले अगाडि भन्नुभयाे, ‘बिचरा ह्यारीलाई उनको नाकले घेरेको छ । ’

पूर्वराष्ट्रपति ट्रम्पले राजकुमार ह्यारीको मेघनसँगको विवाहको ‘खराब अन्त्य’ हुनेसमेत भविष्यवाणी गर्नुभयाे ।

ड्युक अफ ससेक्स हात र घुडाँ टेकेर शाही जीवनमा फर्किन सक्ने उहाँले बताउनु भयाे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button