सुनको मूल्य ९९ हजार तीन सय रुपैयाँ

काठमाडौँ । सुनको भाउ मंगलबार तोलामा नौ सय रुपैयाँले घटेका छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९९ हजार तीन सय रुपैयाँमा काराेबार भइरहेकाे छ ।

सोमबार सुन तोलाको एक लाख दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार तेजावी सुनको भाउ तोलाको ९८ हजार आठ सय रुपैयाँ निर्धारण गरिएकाे छ ।

चाँदीको भाउ भने स्थिर नै छ ।

सोमबार एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि एक हजार तीन सय ५० रुपैयाँमा किनबेच भइरहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button