पाेखरामा ट्रक चालकलाई कुटपिट गरेका युवक पक्राउ

‍‍‍‍पाेखरा । गत शनिबार समाजिक संजालहरूमा सडककाे बीचमा एकजना माेटरसाइकल चालकले दुर्घटना पश्चात ट्रक चालकलाई निर्घात कुटपिट गरेकाे भिडियाे भाइरल भयाे ।

सर्वसाधरणले त्यस्ताे अमानवीय कार्यकाे तत्काल प्रतिवाद समेत गरेकाे भिडियाेमा पनि देख्न सकिन्छ । तर पनि उनी कुटपिटमा उत्रिएकाे भिडियाेमा देख्न सकिन्छ ।

सामाजिक संजालहरूमा पनि उक्त कार्यकाे बिराेध भएकाे थियाे ।

सर्वसाधरणले माेटरसाइकल चालककलाई कानुनी कारवाहीकाे दायरामा ल्याउन माग गरेका थिए ।

कास्कीकाे पोखरा महानगरपालिका वडा नं.५ फिर्के पुलस्थित पोखरा बाग्लुङ सडक खण्डमा साे घटना भएकाे थियाे ।

सवारी दुर्घटना पश्चात् मोटरसाइकल चालकले ट्रक चालकलाई कुटपिट गरेको भन्ने सूचनाको आधारमा प्रहरीले कारबाही अगाडि बढाएकाे छ ।

कास्की प्रहरीले दिएकाे जानकारी अनुसार मोटरसाइकल चालक म्याग्दी घर भई हाल पोखरा १९ लामाचौर बस्ने वर्ष ४३ को मिन बहादुर मगरलाई नियन्त्रणमा लिइएकाे छ ।

उनलाई शान्ति सुव्यवस्था तथा नैतिकता विरुद्धको कसुर अन्तर्गत अभद्र व्यवहार मुद्दामा दश दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रहरीले जानकारी दिएकाे छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button