भारतमा धार्मिक स्वतन्त्रताको गम्भीर उल्लंघन: अमेरिका

न्युयोर्क । भारतमा धार्मिक स्वतन्त्रताको अवस्था गत वर्ष ‘निकै बिग्रिएको’ अमेरिकाको एउटा प्यानलले निस्कर्ष निकालेको छ ।

अमेरिकी अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्र आयोग (यूएससीआइआरएफ) ले यस्तो निस्कर्ष निकालेको हो ।

कथित दुव्र्यव्यवहारलाई लिएर प्यानलले देशविरुद्ध लक्षित प्रतिबन्धहरू लगाउन पनि प्यानलले आह्वान गरेको छ ।

प्यानलले लगातार तेस्रो वर्ष भारतलाई ‘निश्चित चासोको देशहरू’ को अमेरिकी सूचीमा राख्न अनुरोध गरेको छ ।

भारत ‘धार्मिक स्वतन्त्रताको गम्भीर उल्लंघनमा संलग्न भएको’ प्यानलले आरोप लगाएको छ ।

‘वर्षभर भारत सरकारले हिन्दू–राष्ट्रवादी एजेन्डालाई बढावा दिने नीतिहरूको प्रवद्र्धन ग¥यो, जसले मुस्लिम, इसाई, सिख, दलित र अन्य धार्मिक अल्पसंख्यकहरूलाई नकारात्मक असर ग¥यो’, प्रतिवेदनमा भनिएको छ ।

प्रतिवेदनमा अगाडि भनिएको छ, ‘सरकारले देशका धार्मिक अल्पसंख्यकहरूलाई प्रतिकूल हुने गरी विद्यमान र नयाँ कानुन र संरचनात्मक परिवर्तनहरू प्रयोग गरी राष्ट्रिय र राज्य दुवै तहमा हिन्दू राज्यको आफ्नो वैचारिक दृष्टिकोणलाई व्यवस्थित गर्‍यो ।’

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button